०४ साउन २०८३, सोमबार

भ्रमण वर्ष उद्घाटनका लागि विदेशी पाहुना आउने क्रम शुरू, जमाइकन मन्त्रीलाई गरे योगेशले स्वागत

भ्रमण वर्ष उद्घाटनका लागि विदेशी पाहुना आउने क्रम शुरू, जमाइकन मन्त्रीलाई गरे योगेशले स्वागत

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विदेशी पाहुना आउने क्रम शुरू भएको छ ।

जनवरी १, २०२० (भोलि) हुने उद्घाटन समारोहमा सहभागी हुन जमाइकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट नेपाल आइपुगेका छन् ।

बार्टलेटलाई मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

त्यस्तै भारतीय पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल पनि पर्यटन वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन ३ दिनका लागि नेपाल भ्रमणमा आउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्