०९ असार २०८३, मंगलबार

‘बागमती’ प्रदेश नामाकरणविरुद्ध काठमाडौँमै प्रदर्शन

‘बागमती’ प्रदेश नामाकरणविरुद्ध काठमाडौँमै प्रदर्शन
तस्बिर स्राेत: महानगर खबर

सत्तासिन नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ३ को नाम बागमती राख्ने निर्णय गरेपछि त्यसविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ।

पहिचान पक्षधरहरूले मंगलबार बेलुका न्यूरोड, असन र इन्द्रचोकमा कोणसभा गरी बृहत प्रदर्शन गरेका हुन्।

पहिचान पक्षधरहरुले  प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ वा ‘नेवाः ताम्सालिङ’ राख्न पनि माग गरेका छन्।

नेवाः राजनीतिक अभियान, नेवाः युथ अर्गनाईजेशन, सेभ नेपाः भ्याली, नेपाः राष्ट्रिय परिषद, नेपाल सांस्कृति पुनः जागरण अभियान, नेपाः देय् गुथी नेपाल मण्डल र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयुक्त आयोजना उक्त प्रदर्शन भएको हो । 

 

salt training

कमेन्ट गर्नुहोस्