
काठमाडौं, ३० चैत — सुनिल ग्रोवर र कपिल शर्मा आआफ्नो बाटो लागिसकेको भएपनि उनीहरूले मनको तिक्तता भने भुलाउन सकेका छैनन् ।
![]()
अस्ट्रलियाबाट भारत आउने क्रममा विमानमै उनीहरूले झगडा गरेको कथा त हामीले सुनेकै हौं । अहिले आएर सुनिलले आफ्नो इन्स्टाग्राममा एउटा रहस्यमयी फोटो राखेका छन् ।
उक्त फोटोमा उनले जुत्तालाई फोकस गराएका छन् । जुत्ताको साइज युएस १० भनेर क्याप्सन समेत लेखेका छन् ।
विमानमा कपिलले रक्सीको मातमा सुनिललाई आफ्नो जुत्ता निकालेर हिर्काएको कुरा बाहिर आएको थियो । कतै सुनिल त्यही प्रसंगलाई त सन्दर्भ बनाइरहेका छैनन् यस तस्वीरमार्फत ?
सुनिलले अरूलाई मजैले व्यंग्य गर्न जानेका छन् । द कपिल शर्मा शोमा उनले चरित्रबाट बाहिर निस्केर कपिल तथा कहिलेकाहीँ पाहुनाहरूलाई पनि कठोर व्यंग्य गर्ने गरेका थिए । अहिले पनि उनी कपिललाई चोट पार्नेगरी व्यंग्य गरिरहेका छन् शायद ।
यसैबीच कलर्स टिभीले सुनिललाई लिन खोजेको खबर आएको छ । तर सोनी च्यानल कपिलको शोमा आउने पात्रहरूमा आफ्नो अधिकार भएकाले कलर्सले प्रयोग गर्न नपाउने बताउँछ । सुनिलको रिंकु भाभी र डा. मशहूर गुलाटी सोनीकै अधिकारमा छ । त्यसैले सोनीले नै सुनिललाई प्रयोग गर्न सक्ने सम्भावना छ ।
एजेन्सी