२९ जेठ २०८३, शुक्रबार

घुससहित पक्राउ परेका दुई जना प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका दुई जना प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना प्रहरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

प्रहरी चौकी सर्लाही त्रिभुवन नगरमा कार्यरत प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र घुमुवाका रुपमा काम गर्ने प्रहरी जवान मनोजकुमार यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

भारतीय सीमा नाकाबाट सामान भित्र्याउन सहज गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

त्यस्तै, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी शिक्षक पदमा जागिर खाएको अभियोगमा प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत प्राथमिक शिक्षक ज्ञानु रायमाझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्