
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलका नेता एवं चिनी उद्योगी वीरेन्द्र कनोडियालाई उखु किसानहरुलाई भुक्तान गर्न बाँकी रहेको रकम तुरुन्त तिर्न निर्देशन दिएको छ।
महालक्ष्मी सुगर्सका सञ्चालक रहेका कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उक्त उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन ।
उखु किसानले भुक्तानी नपाएपछि काठमाडौँमै आएर आन्दोेलन गरिरहेका बेला कांग्रेस केन्द्रीय समिति बैठकले उनलाई रकम तिर्न भनेको हो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारको केन्द्रीय समिति बैठकले उखु किसानको भुक्तानी पनि तत्काल उपलब्ध गराउने पहल गर्नसमेत कनोडियालाई भनिएको छ।