इण्डियन प्रिमियर लिग–१० मा फिल्म स्टार सन्नी लियोनी र कमेडियन सुनील ग्रोबरसँग आउने भएपछि उनीहरुका ट्वीटर फ्यानहरु उत्साहित भएका छन् ।

१३ अप्रिलमा कोलकता र पञ्जाबबीच हुने खेलका लागि सन्नी लियोनी र सुनील ग्रोबरले खास कमेन्ट्री गर्नेछन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस्तो खालको संयोजन यसअघि नसुनेको भन्दै मजा आउने प्रतिक्रियाहरु दिएका छन् । उनीहरुले अन्य खेल भन्दा यी दुई हस्ती उपस्थित हुने खेल विशेष हुने बताएका छन् ।
यस अघि आइपीएलमा अभिनेत्री तथा किंग्स इलेवन पञ्जावकी सहलगानीकर्ता प्रीति जिन्टाले पनि यस पटक आईपीएलमा कमेन्ट्री गरेकी थिइन् उनलाई सेल अली खानले साथ दिएका थिए ।
सुनील ग्रोबर कपिल शर्मासँगको झगडापछि चर्चामा छन् । विवादपछि उनी कपिलको शोमा देखा परेका छैनन् । कपिलले सामाजिक सञ्जाल मार्फत माफि दिन आग्रह गरेका थिए तर सुनीलले मानिसलाई पनि सम्मान दिन सिक भन्दै जवाफ फर्काएका थिए ।