२३ जेठ २०८३, शनिबार

जीप दुर्घटना हुँदा ७ यात्रु घाइते

जीप दुर्घटना हुँदा ७ यात्रु घाइते
फाइल फोटो

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा शनिवार बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च ६९६५ नम्बरको जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही ठाँउमा गएको मंसिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्