
प्रहरीले ५५ केजी गाँजासहित तीन जना भारतीय र एक नेपाली गरी चार जनालाई मकवानपुरबाट पक्राउ गरेको छ।
करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतिहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो।
पक्राउ परेका भारतीय नागरिकले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेका बताउँदै त्यससम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।