२६ जेठ २०८३, मंगलबार

कपडा व्यवसायीले स्थापना ग-यो 'आर्थिक पत्रकारिता पुरस्कार’

पुस १९, २०७६
कपडा व्यवसायीले स्थापना ग-यो 'आर्थिक पत्रकारिता पुरस्कार’

कपडा व्यवसायी एशोसियशन कास्कीले पोखराको व्यावसायिक विकासमा समाचार सम्प्रेषणका माध्यमबाट कलम चलाउने एक जना सञ्चारकर्मीलाई प्रदान गर्ने गरी आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

एशोसिएशनको शनिबार सम्पन्न २०औँ साधारणसभाले संस्थाको प्रत्येक अधिवेशनमा एक जना पत्रकारलाई  ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्रसहित सम्मान गर्ने निर्णय गरेको हो।

त्यस्तै प्रत्येक साधारणसभामा महिला उद्यमी सम्मान, प्लस टू र स्नातकोत्तर उतिर्ण व्यवसायीका छोराछोरीलाई नगदसहित सम्मान गर्नुका साथै विपत्तिमा परेका व्यवसायीको क्षतिको आँकलन गरी अधिकतम २५ हजारसम्म सहयोग गर्नेलगायत निर्णय गरिएको एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद तिमल्सीनाले जानकारी दिए।
 
 
 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्