१७ असार २०८३, बुधबार

नेकपा केन्द्रीय समिति बैठक सर्‍यो

नेकपा केन्द्रीय समिति बैठक सर्‍यो

यही पुस २३ गते बुधवारदेखि बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक ३ साता पर सरेको छ ।

प्रधामनन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवाल बैठकले केन्द्रीय समितिको बैठक माघ १५ गतेदेखि बोलाउने निर्णय गरेको हो ।

यसअघि मंसिर २९ गते बसेको स्थायी समिति बैठकले पुस २३ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रधामनन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रीय समिति बैठक माघ १५ गतेदेखि बोलाउने निर्णय भएको जानकारी दिए । 

सचिवालय बैठकले आइतवार पनि सभामुखको उम्मेदवार तोक्न सकेन ।

नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर पुस २७ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतवारको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्