२४ जेठ २०८३, आइतबार

सेयरबजारमा ‘अनपेक्षित’ करेक्सन, साढे १७ सयको विन्दुमा पुग्न लागेको बजार ६.७५ अंकले घट्यो

कात्तिक २०, २०७४
सेयरबजारमा ‘अनपेक्षित’ करेक्सन, साढे १७ सयको विन्दुमा पुग्न लागेको बजार ६.७५ अंकले घट्यो

कठामाडौं, ३० चैत– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) सेयरबजारमा अनपेक्षित करेक्सन आएको छ । कारोबार सुरु भएदेखि निरन्तरजसो उकालो लागेको बजार अन्तिममा ६.७५ अंकले घटेर बन्द भयो ।

बजार बन्द हुनु अगाढि (साढे २ बजे)सम्म १७३७ को विन्दुमा पुगेको सेयर बजार त्यसपछि लगातार ओरालो लागेर १७०३.०७ विन्दुमा पुगेको हो ।

बुधबार बीमा समूहको उपसूचकमा १४०.८४ अंकको भारी गिरावट आयो । यस्तै बैंकिङ र जलविद्युत समूहको उपसूचक पनि ओरालो लाग्यो ।

बुधबारको बजारमा होटेल समूहको उपसूचक सबैभन्दा बढी २३.८६ अंकले बढ्यो । यस्तै उत्पादन तथा प्रशोधन समूहको उपसूचक पनि २३.६१ अंकले बढ्यो भने विकास बैंक १९.३६, अन्य ८.३९ र फाइनान्स समूहको उपसूचक ६.९३ अंकले बढ्यो ।

बुधबार समग्र सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

salt training

कमेन्ट गर्नुहोस्