११ असार २०८३, बिहीबार

बेवारिसे अवस्थामा पेस्तोल, गोली र लागूऔषध भेटियो

बेवारिसे अवस्थामा पेस्तोल, गोली र लागूऔषध भेटियो
प्रतिकात्मक तस्वीर

सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागूऔषध फेला पारेको छ ।

बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताए ।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि.१०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो ।

गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागू औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्