१२ असार २०८३, शुक्रबार

तरुण अध्यक्ष विष्टले गरे जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीलाई सहयोगको घोषणा

पुस २२, २०७६
तरुण अध्यक्ष विष्टले गरे जन्मदिनको अवसरमा धुर्मुस–सुन्तलीलाई सहयोगको घोषणा

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनको अवसरमा १ लाखभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

कलाकार, खेलाडी तथा व्यवसायीको पहिचान बनाइसकेका विष्टले जन्मदिनमा केक काट्नुको साटो विकास निर्माणमा सहयोग गर्न १ लाख २ हजार २ सय २२ रुपैयाँ खातामा जम्मा गरेका हुन् ।

‘जन्मदिनको दिन भव्य पार्टी दिनुभन्दा विकास निर्माणमा नागरिकको हैसियतले सानो सहयोग गरेको हुँ,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘होटलमा गरिने खर्चभन्दा यो बढी प्रभावकारी हुन्छ भन्ने मलाई लागेको छ ।’

देशमा विदेशी संस्कृति भित्रिएको भन्दै उनले विदेशीभन्दा आफ्नै मौलिक संस्कृति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अहिले हामी विदेशी संस्कार अनुसार जन्मदिनमा केक काट्छौं, भोज खुवाउँछौं,’ उनले भने, ‘अब हामीले मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ । मैले त्यही प्रयत्न स्वरुप जन्मदिनको अवसरमा यो काम गरेको हुँ ।’

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गर्न चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्