२९ जेठ २०८३, शुक्रबार

विश्वका जेलमा पुरुषभन्दा ५ गुणा बढी महिला कैदी

विश्वका जेलमा पुरुषभन्दा ५ गुणा बढी महिला कैदी

तपाईँहामीले सुन्दै आएको कुरा हो, ‘अपराधिक क्रियाकलापमा पुरुषको हात बढी हुन्छ।  खासगरी हिंस्रक अपराधमा त पुरुष नै अगाडि हुने गरेको ठानिन्छ।

तर,एक रिर्पाेट अनुसार तपाईँको अनुमानलाई गलत सावित गरिदिएको छ।  पछिल्लो तीन दशकमा विश्वका जेलमा पुरुषभन्दा महिलाको संख्या बढिरहेको छ। पछिल्लो पटक पुरुषभन्दा महिला कैदीको संख्या ५ गुणा बढी रहेको छ।  

विशेषगरी पश्चिमी देशमा हिंस्रक अपराधमा महिलाहरुले पुरुषलाई पछाडिदिएका छन्। यो खुलासा विश्वमा अपराधमाथि नजर राख्ने लन्डनको संस्था इंस्टीट्यूट फर क्रिमिनल पोलिसी रिसर्चको ताजा रिपोर्टमा गरिएको छ।

रिपोर्ट अनुसार पछिल्लो तीन दशकमा पश्चिमी देशमा अपराधको दर घटेको छ। तर, हिंस्रक अपराधमा दोषी महिलाको संख्या बढिरहेको छ। विश्वभर जेलमा बन्दी रहेका महिलाको संख्या ३० वर्षमा ५० प्रतिशत बढेको छ। विश्वमा ७.१४ लाखभन्दा बढी महिला कैदी छन्। -एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्