२९ जेठ २०८३, शुक्रबार

मौसममा बदली : कतै वर्षा, कतै हिमपातको सम्भावना

मौसममा बदली : कतै वर्षा, कतै हिमपातको सम्भावना

बुधवार देशका पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनसार, बुधवार अन्य भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

बुधवार दिउँसो भने पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना रहेको महाशाखाको भनाइ छ ।  यस्तै, पूर्वी भूभागमा हल्का बर्षाको सम्भावना छ। 

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर मौसममा बदली देखिएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहररूमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । राती पनि यही क्रम जारी रहने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्