अघिल्लो साता नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई लिन चीनबाट चाइना इस्टर्नको पहिलो विमान काठमाडौंमा अवतरण भएको छ ।
ठूलो संख्यामा पक्राउ परेका चिनियाँहरूमाथि दूर्व्यवहारको आरोप लागेको थियो ।
गम्भीर किसिमका साइबर अपराधमा संलग्न भएको अनुमान गर्दै नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेपनि आवश्यक प्रमाण जुटाउन सकेको थिएन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिनियाँहरूलाई एक-एक हजार जरिवानासहित थुनामुक्त गरेको थियो ।
थुनामुक्त भएका उनीहरूलाई अध्यागमन विभागले चीन डिपोर्ट गर्न लागेको हो ।