०४ असार २०८३, बिहीबार

म आफैं ब्राण्ड हो : मन्त्री बास्कोटा

म आफैं ब्राण्ड हो : मन्त्री बास्कोटा

सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले आफू नै ब्राण्ड भएको बताएका छन् ।

बुधवार काठमाडौंको एक पाँचतारे होटलमा ब्रेकएनलिंकको ‘ब्राण्ड स्टोरी’को उद्घाटन गर्दै मन्त्री बास्कोटाले आफूलाई धेरैले गाली गर्ने भएकाले आफैं एक ब्राण्ड भएको बताएका हुन् । 

मन्त्री बास्कोटाले भने, 'म खरो कुरा गर्ने भएकाले सबैले मलाई गाली गर्छन्, त्यसकारण म आफैं ब्राण्ड हो ।’

मन्त्री बास्कोटाले भनेको दुई तिहाइको सरकारलाई हेप्नी ? अथवा हेप्नी ? शब्द धेरैका मुखमा झुन्डिन थालेको छ । त्यही शब्दलाई इङ्कित गर्दै ‘हेप्नी’ शब्द ब्राण्ड भइसकेको दाबी गरे । 

मन्त्री बाँस्कोटाले पत्रकार विजयकुमार पाण्डेदेखि किशोर नेपालको उदाहरण दिँदै उनले आफूलाई पनि त्यस्तै ब्राण्ड भएको बताए ।

'मेरो कुरा गर्नुहन्छ भने म खुला कुरा गर्दिन्छु । कसैले मलाई यो काम गर्दिनुस् यति पैसा आउँछ भन्यो भने, हो र ? अझ थप्न सकिँदैन भन्दिन्छु,' हास्य शैलीमा उनले भने । 

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ ।

‘ब्राण्ड स्टोरी’ नाम दिइएको यस शो मा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिने छ । ब्राण्ड कम्पनी पनि हुन सक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवा मात्र पनि हुन सक्छ ।

'यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ,' शोकी परिकल्पनाकार मुना श्रेष्ठले भनिन् ।

लामो समय विज्ञापन क्षेत्रमा बिताएकी श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो सो आवश्यक रहेको बताइन् ।

‘नेपालकै ब्राण्डिङ त नभएको अवस्थामा यसका कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुनु स्वभाविकै हो तर अब नेपाली ब्राण्डको पनि ब्राण्डिङ हुन आवश्यक छ,' उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्