३० जेठ २०८३, शनिबार

शहीद स्मारक लिगमा पुलिस र च्यासलले अंक बाँडे

शहीद स्मारक लिगमा पुलिस र च्यासलले अंक बाँडे
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच भएको खेलमा बललाई नियन्त्रणमा लिने प्रयास गर्दै नेपाल पुलिस क्लबका खेलाडी । तस्वीर: रोशन सापकोटा/रासस

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एक÷एक अंक  बाँडेका हुन् । 

पहिलो हाफमा पुलिसले दुई तथा च्यासलले एक गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा पुलिस क्लबका लागि निरकुमार राईले पहिलो गोल गर्नुभएको थियो । खेलको ४० औँ मिनेटमा सुमन लामाले गोल पुलिसका लागि दोस्रो गोल गरे। 

यसअघि सन्तोष साहुखलले खेलको १८औँ मिनेटमा च्यासलका लागि कीर्तिमानी गोल गर्नुभएको थियो । यससँगै ‘ए’ डिभिजन लिगमा उहाँले व्यक्तिगत १०० गोल पूरा गरे। ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गर्ने उहाँ पहिलो खेलाडी बने। च्यासलका हेमन्त थापामगरले हानेको फ्रि किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरे।

मध्यान्तरपछिको खेलमा च्यासलले थप एक गोल गरी पुलिससँग बराबरी ग¥यो । च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोषले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गरे। उनको यही गोलका कारण पुलिससँगको खेलमा च्यासल हारबाट जोगियो। 

सन्तोष खेलको म्यान अफ दी म्याच बने। बराबरीसँगै पुलिसले पाँच खेलबाट आठ तथा च्यासलले पाँच खेलमा पाँच अङ्क जोडेको छ । पुलिस लिगको छैटौँ तथा च्यासल नवौँ स्थानमा छ।

salt training

कमेन्ट गर्नुहोस्