
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।
कार्यक्रम जनवरी १०–१२, २०२० सम्म थापाथलीस्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो ।
ग्राहकले टाटा मोटर्सको सोरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
जुनसुकै ब्राण्डका गाडी एक्सचेन्जमा १ लाखसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टूर तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आकर्षणहरू रहेका छन् ।
विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।