०७ असार २०८३, आइतबार

इजरायलले गर्‍यो स्वचालित कारको परीक्षण (भिडियो)

इजरायलले गर्‍यो स्वचालित कारको परीक्षण (भिडियो)

इजरायलको एक प्रविधि कम्पनीले स्वचालित गाडी जेरुसेलमको व्यस्त सडकमा गुडाएको भिडियो सार्वजनिक गरेको छ ।

अटोनोमस ड्राइभिङ टेस्ट भेहिकल भनिने फोर्ड सेडानले अनेकथरी अवरोध पार गर्दै अघि बढेको देखिन्छ । 

कारलाई मोबिलआईले बनाएको हो । यसले गाडीहरूमा विभिन्न किसिमका सफ्टवेयरहरू बनाउँछ । 

यस गाडीले आफ्नो वरिपरि रहेको कुराको ३डी म्याप उपयोग गरेर अघि बढ्ने काम गर्छ । कारमा १२ थरी विभिन्न भिडियो क्यामराहरू राखिएका छन् । 

क्यामराका फीडहरूलाएै सफ्टवेयरले विश्लेषण गरेर सुरक्षाको प्रत्याभूति दिन्छ । 

कारमा फिट गरिएका चिपहरूले वरिपरिको लाइभ ३डी सिम्युलेसन गरेर ड्याशबोर्ड स्क्रीनमा देखाउँछ अनि कम्प्युटरले जे देख्छ यात्रुहरूले त्यही देख्छन् । 

अत्याधुनिक प्रविधिका कारण कारले सबै किसिमका अनपेक्षित अवरोधलाई सजिलै छल्दै अघि बढेको देखिन्छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्