२० असार २०८३, शनिबार

विराटनगरमा सार्वजनिक शौचालय निर्माण हुने

विराटनगरमा सार्वजनिक शौचालय निर्माण हुने
प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० वटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ ।

दिनप्रतिदिन मानिसको चाप बढ्न थालेपछि सार्वजनिक शौचालयको अभाव देखिएको विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

उनले एउटा शौचालय निर्माण गर्न १५ लाखदेखि २० लाख रुपैयाँसम्म खर्च हुने र अहिले महानगरपालिकाले शौचालयका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

सार्वजनिक शौचालय निर्माण गर्दा लाग्ने खर्च अपुग हुने देखिएकाले अन्य संघसंस्थासँग साझेदारी गरेर भएपनि सम्भवतः चालू आर्थिक वर्षमै निर्माण गरिने प्रमुख अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्