
दमौलीको घिरिङ गाउँपालिकामा बस दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका छन् ।
शुक्रवार बिहान करीब १० बजेतिर रामपुरबाट पोखरा जाने क्रममा ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिकाको वडा नम्बर ३ मा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी २० वर्षीय मुना थापा र ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बतायो ।
बस सडकबाट करीब ४० मिटर तल खसेको थियो ।
बसमा दुई दर्जन भन्दा बढी यात्रु सवार थिए । तीमध्ये १५ भन्दा बढी यात्रु घाइते भएको प्रहरीले बताएको छ ।