
ओमानका सुल्तान काबूस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ ।
उनी अरबमा सबैभन्दा धेरै शासन गर्ने सुल्तान थिए । ओमानस्थित सरकारी मिडियाले शनिवार यो जानकारी दिएको हो ।
समाचार एजेन्सी सिन्हुआले सरकारी टिभी पब्लिक च्यानलको ट्विटरलाई हवाला दिँदै भनेको छ, रोयल कोर्टले दिउँसो शोक र तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छभने निजी क्षेत्रमा आधिकारिक काम बन्द गरिएको छ । यस्तै ४० दिनसम्म झण्डा झुकाइने छ ।’