१० असार २०८३, बुधबार

चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण

चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण

विक्रम संवत् २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य माविको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा १ अर्ब रुपैयाँको लगानीमा छात्रावास सहितको अत्याधुनिक ३ वटा भवनको निर्माणसम्पन्न भएको हो ।

कूल ६१ रोपनी क्षेत्रफलमा निर्माण भएको भवनमध्ये २ भवनमा पठनपाठन र एउटा भवनमा ६०० जना बस्न मिल्ने छात्रावास भवन रहेको छ । जम्मा १२४ कोठा रहेको भवनमा सभाहल, कम्युटर ल्याब, फर्निचरसहित तातोचिसो पानीको समेत व्यवस्था मिलाउनुका साथै कम्पाउन्ड पर्खालसहितको खेलमैदान समेत निर्माण गरिएको गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

जिल्लाको अति दुर्गम पर्ने सो पालिकाअन्तर्गत साबिक गुम्बा र गोल्चे गाविसका चौंरीपालक किसानका पठनपाठनबाट वञ्चित, अपाङ्ग तथा अभिभावकविहीन विद्यार्थीलाई समेत निःशुल्क रुपमा छात्रवासमा राखिने छ । उनीहरूको सबै खर्च गाउँपालिकाले नै व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताए ।

भवन निर्माणका लागि स्थानीयस्तरमा उपलब्ध हुने पानी र बालुवाबाहेक सम्पूर्ण निर्माणसम्बन्धी सामग्री चीनबाटै ल्याइएको थियो । विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत रहेको पालिकाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्