एक महिलाले एकै वर्षमा २ पटक २/२ जना बच्चाको जन्म दिएकी छिन् ।
फ्लोरिडामा रहेकी ती महिलाले पहिलो पटक मार्च २०१९ मा दुई बच्चाको जन्म दिएकी थिइन् । यसपछि उनले डिसेम्बर २०१९ मा दुई बच्चाको जन्म दिएकी हुन् ।
एलेक्सजेन्ड्रिआ वोलिस्टन नामकी ती महिलाले बताएकी छिन्, उनलाई यस्तो महसुस भएको छ कि दोस्रो पटक इनाम मिलेको छ । मार्चमा जम्ल्याहा बच्चाको जन्म दिएपछि उनी मेमा गर्भवती भएकी थिइन् । त्यतिबेला डाक्टरले उनलाई बताएका थिए की दुई बच्चा हुने सम्भावना छ ।
वोलिस्टनले बताएकी छिन्, अहिले चारै जना बच्चाहरूको स्वास्थ्य ठीक छ । डिसेम्बरमा दुई बच्चाको जन्म भएको थियो ।
उनले बताएका छिन् कि, शुरूआतमा जम्याहा बच्चाको जन्म दिएपछि उनी धेरै नर्भस भएकी थिइन् । उनको शरीरले दुई बच्चालाई स्याहारसुसार गर्न पाउला नि नपाउला । तर अहिले सबै ठीक भइसकेको छ ।