१० असार २०८३, बुधबार

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिवार हजारौंले सडकमा प्रदर्शन गरेका छन् ।

राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरूले प्रदर्शन गरेको जनाइएको छ ।

प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरूको सहयोगमा उनी प्रधानमन्त्री भएकाले उनलाई अस्वीकार गरिएको उनीहरूको भनाइ छ ।

अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरूलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकारीहरूको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरूले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरूले स्वतन्त्र व्यक्तिहरुको सहभागिता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।

देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरूको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आउनु भएको छ । उनलाई सघाएका विभिन्न दलहरूको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसकेका हुन् । 

लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरूका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्