११ असार २०८३, बिहीबार

रक्सीले टिल्ल परेको सपेराले सर्पलाई दियो चुम्बन, सर्पले डसिदियो (भिडियो)

रक्सीले टिल्ल परेको सपेराले सर्पलाई दियो चुम्बन, सर्पले डसिदियो (भिडियो)

भारतको कर्नाटक राज्यमा रक्सीले टिल्ल परेको एक सपेराले सर्पलाई चुम्बन गर्ने हुँदा सर्पले उसको मुखैमा डसिदिएको छ । 

भद्रावती शहरमा गोमन सर्प देखिएपछि आत्तिएका मानिसले सोनु सपेरालाई बोलाएका थिए ।

घटनाको भिडियोमा रक्सीले मात्तिएर हल्लिँदै आएका सोनुले चार फीट लामो गोमनलाई झुकेर चुम्न खोजेको अनि रिसाएको सर्पले उनलाई डसेको देखिन्छ । सर्पले डसेपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ र जीवन बचाउन विषको प्रभाव घटाउने एन्टी–भिनम दिइएको छ । 

सर्पको डसाइपछि उनको मुखवरिपरिको भाग सुन्निएर हेर्नै नहुने भएको र एक हप्तासम्म कडा पीडा सहनुपरेको थियो ।

मदिराका कारण होश गुमाएको अवस्थामा उनले सजिलै सर्पलाई समातेका थिए जबकि त्यो सडकपेटीको स्ल्याबमुनि लुकेको थियो । अतिविश्वासका कारण सोनुले विषालु सर्पसँग खेल्न थाले ।

रिसाएको सर्पलाई उनले किस गर्न खोज्दा सर्पले उनलाई मुखैमा डसिदियो र कडा विष पारिदियो ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्