
भारतको उत्तर प्रदेशस्थित मऊ जिल्लामा आइतवार बिहान समाजवादी पार्टीका नेता बिजली यादवको गोली हानी हत्या गरिएको छ । मोहम्मदाबाद क्षेत्रमा बिजली यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रहरीले हत्याको अनुसन्धान गरिरहेको छ ।
सञ्चारमाध्यमका अनुसार बिजली यादव बिहान यात्रामा निस्केका थिए । सोही क्रममा उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् । घटनापछि उक्त क्षेत्रमा हंगामा मच्चिएको छ । यस वर्षको अन्त्यमा यूपीमा पञ्चायत चुनाव हुँदैछ । चुनावकै लागि यादव खटिरहेका थिए । चुनावकै कारण उनको हत्या भएको हुन सक्ने स्थानीयले आशंका व्यक्त गरेका छन् ।
रोडमा हिँडिरहेको बेला बाइकमा सवारले उनको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।