२४ जेठ २०८३, आइतबार

जेलबाटै लक्ष्मण थारुले दिए राजीनामा

कात्तिक २०, २०७४
जेलबाटै लक्ष्मण थारुले दिए राजीनामा


धनगढी, ६ पुस - कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेका छन् ।laxman tharu

आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले बताए ।

पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम् छानबिन गर्न सजिलो समेत हुने भएकाले समेत पार्टीको सदस्यता त्यागेको थारुले बताए ।

झन्डै १७ महिना अघि कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनाको आरोपमा पक्राउ परेका लक्ष्मण थारुसहित २५ जना कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्