२६ जेठ २०८३, मंगलबार

बिरालो बचाउन नातिको ज्यान जोखिममा (भिडियो)

बिरालो बचाउन नातिको ज्यान जोखिममा (भिडियो)

चीनको सिचुआन प्रान्तमा रहेको पेन्गानमा एक वृद्धाले आफ्नो सात वर्षीय नातिलाई पाँच तल्लामाथिबाट डोरीले झुण्ड्याएर जोखिममा पारेकी छन् । बिरालोको उद्धार गर्न उनले त्यसो गरेकी हुन् । 

ती महिलाको बिरालो एक तल्लामुनि बाल्कोनीमा फसेपछि उनले नातिलाई डोरीबाट तल्तिर झारेर बिरालो समात्न लगाएकी थिइन् । 

नातिले बिरालोलाई एउटा झोलामा राख्यो अनि हजुरआमाले उसलाई मास्तिर तानिन् । नाति र बिरालो दुवैलाई कुनै चोटपटक लागेको छैन । 

घटना पुस २० गते भएको हो । 

घटनाको भिडियो फूटेजमा हाओ हाओ नाम गरेका बालक सानो टेकोमा उभिएको अनि घरैमा बनाइएको डोरीमा बाँधिएको देखिन्छ । 

उसले झोलामा बिरालो राखेको अनि उसकी हजुरआमाले बाल्कोनीबाट डोरी झुण्ड्याएको देखिन्छ । बालकका काकाले डोरी तान्न मद्दत गरेका थिए । 

त्यसको केही क्षणपछि ताङ थर भएकी हजुरआमाले डोरी मास्तिर तानेर हाओ हाओ र बिरालोलाई आफ्नो फ्ल्याटमा ल्याएका थिए । 

बालकको सुरक्षामाथि चिन्ता व्यक्त गर्दै मानिसहरू चिच्याउँछन् र हजुरआमालाई यस्तो खतरनाक काम नगर्न भन्छन् तर उनी बेवास्ता गर्छिन् । 

भिडियो सार्वजनिक भएपछि हजुरआमाको चौतर्फी आलोचना भयो । 

हजुरआमाले यसका लागि पश्चात्ताप गरेकी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्