चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरूद्ध मुद्दा दायर गरेका छन्।
गिरीले प्रसाईंविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जती तथा मानहानीको मुद्दा दायर गरेका हुन्।
२० करोड घुस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका हुन्।
प्रसाईले पुस २३ मा पत्रकार सम्मेलन गरेरआफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए।
गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।