
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरर्सले वातावरणमैत्री बस छिट्टै बजारमा ल्याउने भएको छ ।
नेपाल सरकारले वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नीति अनुरुप विद्युत्बाट सञ्चालन हुने सार्वजनिक, निजी, पर्यटकीय स्कूल बस अब चाँडै बजारमा ल्याउने भएको छ ।
विद्युतीय बसले वातावरणलाई समेत सहज गर्नेछ । विद्युतीय सवारी कम्तिमा १५ सिटदेखिका माइक्रो बस र ४२ सिटसम्मका बसहरू हुने हिमालय मोटक्र्सका प्रबन्ध निर्देशक ध्रुव थापाले बताए ।
विद्युतीय सवारी नेपालमा नआएका होइनन् तर त्यसको प्रयोगपश्चात फोहर हुने र यसलाई व्यवस्थापन गर्न नसकिएको वर्तमान परिपे्रक्ष्यमा कम्पनीले ब्याट्रीलाई पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने साथै ब्याट्रीको ग्यारेन्टी २० वर्ष रहेको कार तथा जीपहरू समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ ।
हाल नेपालमा डिजेल तथा पेट्रोलबाट सञ्चालनमा आउने सार्वजनिक यातायातले अत्यधिक वायू प्रदुषण भइरहेको छ । यसको प्रयोगपश्चात् वायू प्रदुषणका कारण क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता जटिल रोगको शिकार भई अकालमा ज्यान गुमाउनु परिरहेको छ ।
नसर्ने रोगको कारक तत्वको रुपमा वायू प्रदुषण पनि हो । यातायातको साधनबाट निस्कने धुवाँबाट अत्याधिक प्रदूषण हुने भएकाले विद्युतीय सवारीसाधन प्रयोग गर्नु उचित हुने कम्पनीले जनाएको छ ।
हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्र्सले बजारमा ल्याउन लागेको विद्युतीय सवारी अस्ट्रेलियन टेक्नोलोजीद्वारा निर्मित रहेको छ । सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्ने जनाइएको छ ।
कम्पनीले मुख्य गरी सार्वजनिक, निजी, पर्यटकीय, स्कूल तथा लामो दूरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरणमैत्री समेत रहेकोले ग्राहकका लागि उपयुक्त हुने विश्वास कम्पनीले लिएको प्रबन्ध निर्देशक थापाले बताए ।