१० असार २०८३, बुधबार

भ्रमण वर्ष सफल बनाउन नयाँ दिल्लीमा नेपाली विद्यार्थीहरूको विशेष कार्यक्रम

भ्रमण वर्ष सफल बनाउन नयाँ दिल्लीमा नेपाली विद्यार्थीहरूको विशेष कार्यक्रम

भ्रमण वर्ष २०२० अभियानलाई सहयोग गर्ने उद्देश्यले भारतको दिल्ली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूद्वारा आयोजित एक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल भ्रमण वर्षको प्रचार प्रसार र प्रवद्र्धनमा लाग्न विद्यार्थीहरूलाई आह्वान गरिएको थियो।  

कार्यक्रममा भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य, भारतीय साँस्कृतिक परिषद (आइसीसीआर)का अध्यक्ष डा.विनय प्रभाकर, युवा नेता सदिप  राना, उधोग पति सुरज बैद्य लगातको सहभागी थियो।

राजदूत आचार्यले  सरकारको पर्यटन वर्षको लक्ष्यमा सहभागी हुन दिल्ली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आह्वान गरे । 

उनले नेपाल भारतबीचको सम्बन्धबारे व्याख्या गर्दै नेपालको पर्यटकीय सम्भावनाबारे सहभागीलाई जानकारी गराएका थिए । 

त्यसैगरी कार्यक्रममा विशेष अतिथि  डा.विनय प्रभाकरले नेपाल भारतबीचको सम्बन्धको मजबुत र साझा आधार ‘आध्यात्मिक लोकतन्त्र’ रहेको बताए ।

‘हरेक मुलुकका आ–आफ्नै सभ्यता, मूल्यमान्यता, कला संस्कृति, भाषा र जनजीवन हुन्छ । त्यसलाई कुनै नक्सा, वेवसाइट तथा सामाजिक संजालमा देखेर पढेर अनुभव गर्न सकिदैन। स्थलगत भ्रमण गर्नुपर्छ,’  नेपाल र भारत जस्ता विविधताले भरिएको मुलुकलाई घुमेर मात्र अनुभव गर्न सकिने भन्दै उनले भने, ‘नेपाली जनजीवन जान्नका लागि पनि एक पटक नेपाल घुम्नै पर्छ।’

  

salt training

कमेन्ट गर्नुहोस्