
बेलायतमा दुर्घटनामा परेको एक कार विस्फोट हुनुअघि त्यसमा सवार महिलालाई बचाउने लरी चालकलाई वीरता पुरस्कार दिइएको छ ।
जोन रास्ट्रिक नामक ती चालक एचजीभी लरी चलाएर लेस्टर गइरहेको बेलामा उनको ठीक अगाडि दुईवटा कार जुधे ।
ड्याशक्याम फूटेजमा जुधेकोमध्ये एक कारमा आगो लागेको अनि अर्को कार सेन्ट्रल ब्यारियरमा अड्किएको देखिन्छ ।
रास्ट्रिक त्यसपछि आफ्नो गाडीबाट हाम्फालेर आगो लागेको कारतिर दौडिन्छन् । पाहोर साल फागुन ५ गते बेलुका पौने ६ बजेतिर घटना भएको हो ।
उनले चालकको ढोका खोले अनि तर्सिएकी परी मिस्त्रीलाई तानेर बाहिर ल्याई सुरक्षित स्थानमा लगे । त्यसलगत्तै पेट्रोल ट्यांक पड्कियो ।

फूटेजमा कार आगोको डल्लो बनेको देखिन्छ ।
मान्छेको ज्यान जोगाएको कामलाई सम्मान दिँदै ईस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिस ब्रेभरी अवार्ड दिइएको छ ।
एजेन्सी