१० असार २०८३, बुधबार

हिजो दिनभर : दूर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी, ओली–प्रचण्डबीच भेटवार्ता

हिजो दिनभर : दूर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी, ओली–प्रचण्डबीच भेटवार्ता

तोडियो ५ दिनको मौनता, बालुवाटारमा ओली प्रचण्डबीच भेटघाट

सभामुखको उम्मेदवार चयनका सन्दर्भमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

दुई अध्यक्षबीच संवादहीनताको स्थिति बनेको समाचारहरू आइरहेका बेला बिहीवार करीब १ बजे प्रचण्ड बालुवाटार पुगेका थिए ।

आइतवारदेखि दुवै अध्यक्षबीच भेटघाट भएको थिएन ।

आइतवार दुवै अध्यक्षले उपसभामुख तुम्बाहाम्फेको राजीनामा मागेको भएपनि उनले तत्काल राजीनामा नदिने अडान लिएकी थिइन् । 

पोखरामा २६ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा बच्चा, ३ छोरी र १ छोरा

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा ४ सन्तानलाई जन्म दिएकी छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीवार बिहान ९ बजे शल्यक्रियामार्फत ४ सन्तानलाई जन्म दिएकी हुन् । 

हस्पिटलका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल ४ सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिइन् ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । 

डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका १ छोरा छन् ।

चर्चामा आउन विप्लव समूहले बम विस्फोट गरायो : प्रवक्ता बास्कोटा

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहले चर्चामा आउन सानातिना बम विस्फोट गर्ने गरेको आरोप लगाएका छन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले सार्वजनिक चासो प्रकट भएका बेला अदृश्य ‘एक्सन’ गरेर जिम्मेवारी लिने हो भने शक्तिशाली भइन्छ कि भन्ने सोच विप्लव समूहमा रहेको बताए । 

‘चर्चामा आउन बम विस्फोट गरेका हुन्,’ उनले भने, ‘सार्वजनिक चासो प्रकट भइरहेको बेलामा अदृश्य एक्सन गरियो र जिम्मा लिइयो भने शक्तिशाली भइन्छ भन्ने सोच देखियो ।’

उनले विप्लव समूहले आतंकवादी क्रियाकलाप गरिरहेको पुष्टि भएको बताए । ‘आतंकवादी क्रियाकलाप भनेर सरकारले पहिल्यै भनिसकेको थियो, त्यो पुष्टि भयो,’ बास्कोटाले भने, ‘उनीहरूले केही कब्जा गरेको भन्ने भ्रम हो ।’

बास्कोटाले सरकारले नै छानबिन गरिरहेको विषयलाई लिएर ठाउँठाउँमा गएर झण्डा गाडेर केही नहुने बताए । ‘ठाउँठाउँमा गएर झण्डा गाडेर केही हुँदैन । सरकार आफैं छानबिन गर्दैछ भने त्यसले के लाभ दिन्छ र ?’ बास्कोटाले प्रश्न गरे ।

मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहारको मुद्दा दायर गरेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।

गिरीले प्रसाईंविरुद्ध प्रहरी परिसरमा अभद्र व्यवहारको मुद्दा दायर गरेका थिए । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ पूर्जी जारी गरिएको बताए । 

सञ्चालक प्रसाईंले पत्रकार सम्मेलन गरेर डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

मुद्दाको कारवाही प्रक्रिया अगाडि बढाउँदै प्रशासनले प्रसाईंको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

आफूले सञ्चालन गरेको मेडिकल कलेजको अनुमति प्रक्रियाका क्रममा डा. गिरीले घुस मागेको आरोप प्रसाईंले लगाएका थिए ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्