१५ असार २०८३, सोमबार

आस्था राउतलाई खोज्दै प्रहरी, के हुन्छ कारवाही ?

आस्था राउतलाई खोज्दै प्रहरी, के हुन्छ कारवाही ?
तस्वीर : राउतको फेसबूकबाट

आफूमाथि अभद्र व्यवहार गरेको भन्दै एयरपोर्ट प्रहरीले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएपछि गायिका आस्था राउतलाई सोधपुछ गर्ने भएको छ ।

सीसीटीभी फूटेज र प्रतिवेदन महानगरीय प्रहरी कार्यालयमा आइसकेकाले कार्यालयले अनुसन्धान शुरू गरेको महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।

‘प्रतिवेदन आइसकेको छ । हामीले अनुसन्धान शुरू गरेका छौं । अहिले हामीले आस्थालाई फोन सम्पर्क गर्न खोजेका छौं, अहिले भएको छैन,’ एसएसपी बज्राचार्यले बताइन् ।

पढ्नुहोस्, यो पनि : विमानस्थलमा आस्थाले के गरेकी थिइन् ? हेर्नुहोस् EXCLUSIVE VIDEO

आस्था राउत र महिला प्रहरी कर्मचारी दुवै पक्षलाई बोलाएर अनुसन्धान गरेपछि कसलाई कारवाही गर्ने भन्ने टुंगो लाग्ने एसएसपी बज्राचार्यले लोकान्तरलाई बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्