०९ असार २०८३, मंगलबार

बुटवलमा जोन डियरको नयाँ शोरुम

बुटवलमा जोन डियरको नयाँ शोरुम

नेपालमा १४० वर्षको व्यापारिक इतिहास बोकेको एमभी दुगड ग्रूप अन्तर्गत पर्ने यस विवेक अटोमोबाइल्स प्रालिले नेपालका किसानका लागि देशभरि नै विभिन्न ठाउँँमा गरी २३ वटा शाखा र १८ वटा उपशाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकलाई स्तरीय सेवासुविधा प्रदान गर्दै आइरहेको छ ।

पुस २९ गते मंगलवारका दिन ग्रूपद्वारा जोन डियरको आधिकारिक बिक्रेता विवेक अटो मोबाइल्स प्रालि तिलोतमा–२ जानकीनगर (बुटवल) मा रहेको क्षेत्रीय कार्यालय हाताभित्र खोलिएको जोन डियरको नयाँ शोरुम विशेष समारोहबीच विधिगत रुपमा एमभी दुगड ग्रूपका मार्केटिङ हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहका दिन २१ थान जोन डियर ट्रेक्टर शाखाबाट बिक्री वितरण गरिएको छ सो अवसरमा ग्राहकलाई ३२ इन्च टीभी उपहार स्वरुप ग्राहकलाई प्रदान गरियो । यसै कार्यक्रममा अब आउने दिनमा जान डियर ट्रेक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषि क्षेत्रमा रहेको उत्पादनको सम्भावनालाई मैत्रीरुप दिन यो ट्रेक्टरले नै सम्भव रहेको यस कम्पनीका रिजनल म्यानेजर लिलाराज वाग्लेले बताए ।

समारोहमा मार्केटिङ हेड नन्दकिशोर भट्टले ट्रेक्टर तथा कृषिको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रेक्टर, जोन डियर रहेको पनि बताए ।

ट्रयाक्टरमा ‘भल्भ प्लस प्लस प्लस’ टेक्नोलोजी भएकाले अन्य ट्रेक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गरेको छ । आकर्षक रंग र डिजाइनले गर्दा ट्रेक्टर अन्यभन्दा फरक देखिन्छ । नेपालमा यसको बिक्री वितरण विवेक अटोमोबाइल्स प्रालिले गरिरहेको रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्