१३ असार २०८३, शनिबार

प्रहरीको टाउको दुखाई बन्दै साना हतियार, दुर्गा हत्यामा पनि साना हतियारकै प्रयोग

कात्तिक २०, २०७४
प्रहरीको टाउको दुखाई बन्दै साना हतियार, दुर्गा हत्यामा पनि साना हतियारकै प्रयोग
काठमाडौँ, ६ पुस- आपराधिक घटनामा अवैध साना हतियारको प्रयोग अझै भइरहेको देखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार साना हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायत आपराधिक घटना हुने गरेको आजको कारोबार दैनिकमा खबर छ ।gun

दुई दिनअघि मात्रै अज्ञात समूहले पेस्तोल प्रहार गरी रूपन्देहीमा नेकपा (एमाले)निकट युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको छ । पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कटुवा पेस्तोल, रिभल्बरलगायत साना हतियारको आडमा आपराधिक घटनामा संलग्न ८ सय २६ अभियुक्त पक्राउ परेका छन् ।

सञ्चार उद्यमी जमिम शाह, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमद, बाराका एमाले नेता मोहम्मद आलमलगायत उद्योगी, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलगायतको हत्यामा पनि साना हतियारकै प्रयोग भएको थियो ।

यीसहित विभिन्न आपराधिक घटनामा संलग्न अभियुक्तको साथबाट पाँच वर्षको अवधिमा प्रहरीले ७ सय २६ थान पेस्तोल बरामद गरेको छ । उक्त अवधिमा १ लाखभन्दा बढी अपराधका उजुरी प्रहरीसमक्ष दर्ता भएकोमा ३० प्रतिशतमा अवैध हतियारको प्रयोग भएको देखिन्छ ।

आपराधिक समूहका गतिविधि कमजोर हुँदै गए पनि बरामद र पक्राउको संख्या हेर्दा अझै साना हतियार शान्ति सुरक्षा व्यवस्थापनमा मुख्य चुनौती रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्