०१ असार २०८३, सोमबार

उड्नै लागेको विमानमा लाग्यो आगो, यात्रु त्रस्त (भिडियो)

उड्नै लागेको विमानमा लाग्यो आगो, यात्रु त्रस्त (भिडियो)

रुसको नोभोसिबिर्स्क शहरमा रहेको तोलमाचेभो विमानस्थलमा उड्नै लागेको एक विमानको इन्जिनमा आगो लागेपछि यात्रुहरू तर्सेका छन् । 

घटनाको भिडियो फूटेजमा एयरबस ए३२१ इन्जिनमा आगो लागेको देखिन्छ । 

विमानमा २७ बालबालिका सहित २०८ यात्रु थिए । विमान कर्मचारीहरूले आगो निभाउन विमानको अग्निनिरोधक प्रणाली सक्रिय बनाए अनि अग्निनियन्त्रकहरू विमानतिर दौडिए । 

इन्जिनमा आगो लाग्नुअघि पोक्क आवाज आएको सुनिएको यात्रुहरूले बताए । 

एयरबस रुसको सबभन्दा ठूलो राष्ट्रिय एयरलाइन एस७ को हो र यो भियतनामको काम रान्ह जान खोज्दैथियो । 

एस७ प्रवक्ताले भने, ‘विमान कर्मचारीले आगो निभाउन सिस्टम याक्टिभेट गरे अनि विमानलाई टर्मिनलतिर फर्काइयो । उक्त उडानका लागि अर्को विमान उपयोग गरियो । यस विमानलाई मर्मतका लागि लगिएको छ ।’

इन्जिनमा आगो लागेको विमान सञ्चालनमा आएको १३ महिना मात्र भएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्