
प्रदेश नं. १ मा चार जना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको राज्यमन्त्रीमा प्रदेशसभा सदस्य रहेका रामबहादुर मगर, अम्बिरबाबु गुरुङ, जसमाया गजमेर विश्वकर्मा र विजयकुमार विश्वासलाई सिफारिस गरेका हुन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सिफारिस भएका चारैजनालाई आजै राज्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखका निमित्त सचिव गोपीप्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । थपिएका राज्यमन्त्रीहरूले भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पुर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी लिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चार जना राज्यमन्त्री थपिए सँगै प्रदेश १ मा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या १० पुगेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
