१७ असार २०८३, बुधबार

गण्डकीका आर्थिकमन्त्री गुरुङ भन्छन्- ‘उजुरी पर्दैमा भ्रष्टाचार हुँदैन

गण्डकीका आर्थिकमन्त्री गुरुङ भन्छन्- ‘उजुरी पर्दैमा भ्रष्टाचार हुँदैन

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उजुरी पर्दैमा भ्रष्टाचार भयो भनेर बुझ्नु नहुने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले  पोखरामा आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा उनले उजुरीलाई आधार मानेर धारणा बनाउन गलत हुने बताए।

'स्थानीय तहमा व्यापक भ्रष्टाचार भयो भनेर समाचार आइरहेका छन्, सतही विषयमा भन्दा गहिरो तरिकाले रिपोर्टिङ गर्दा जनमानसमा पत्रकारप्रति विश्वास बढ्छ, सुशासनका लागि हजुरको भूमिका महत्पूर्ण हुन्छ,'  मन्त्री गुरुङले भने। उनले भ्रष्टचार के कारण भएको हो त्यसका कारणको खोजीतर्फ ध्यान दिन आग्रह गरे।

  

salt training

कमेन्ट गर्नुहोस्