
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा पहिलो पटक बालुवाटार बाहिर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओली उपस्थित भएका हुन् ।
मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका थिएनन् । अस्वस्थताका कारण भ्रमण वर्ष उद्घाटनको कार्यक्रममा समेत जान सकेका थिएनन् ।
छोटो समय बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भएका ओली राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतका नेताहरूसँग संसदको वेलमा भलाकुसारी गरेका थिए ।