०५ असार २०८३, शुक्रबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ६ पुस - पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।accident

गएराति करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक खैरहनी निवासी २४ वर्षीय सङ्गम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै ज्यान गएको हो । ट्रक र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्