सिनेकला फस्ट साइन वेब सिङ्गिङ स्टार कम्पिटिसन विजेता संभव थापा र जुनु गौतमको 'जाली रुमाल' बोलको गीत सार्वजनिक भएको छ ।
सोमवार साइन एण्ड वेब स्टुडियोमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द गोबिन्दप्रसाद उपाध्यायले लेखेका हुन् ।
अनिश श्रेष्ठको संगीत रहेको गीतलाई गुरुङ कुमारले एरेन्ज गरेका हुन् ।
साइन म्युजिक प्रा लिले निर्माण गरेको भिडियोलाई सुरेन्द्र श्रेष्ठले खिचेका हुन् । भिडियोको सम्पादन पनि श्रेष्ठ स्वयंले गरेका छन् ।
पुनम राईले निर्देशन गरेको भिडियोमा स्मृति पोख्रेल, पुनम राई, दिलिप पौडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :