अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले आगामी ३० वर्षमा एक लाख मानिसलाई मंगलग्रह लग्ने बताएका छन् । त्यसका लागि उनी स्टारशिप बनाइरहेका छन् ।
हरेक वर्ष १०० वटा स्टारशिप बनाउने मस्कको योजना छ ।
स्टारशिप रकेटलाई सन् २०२१ म चन्द्रमामा पठाइनेछ । त्यहाँ अन्तरिक्ष पर्यटकहरूलाई घुमाइनेछ । त्यसको तीन वर्षपछि मस्कले मंगलयात्राको तयारी गर्नेछन् ।
स्टारशिप रकेटको तस्वीर मस्कले हालै सार्वजनिक गरेका छन् ।
रकेटमा एकैपटक १०० जनालाई अन्तरिक्षमा लग्न सक्छ ।
मस्कले चन्द्रमा र मंगल ग्रहमा स्थायी बस्ती बनाउने योजना रहेको बताए ।
सन् २०५० मा आफूहरूले हरेक दिन तीनवटा स्टारशिप पठाउने मस्कले बताए । अर्थात् हरेक दिन ३०० यात्री मंगलग्रह जानेछन् । लगभग एक हजार उडान मंगलग्रह जानेछन् अर्थात् एक वर्षमा एक लाख यात्री मंगलग्रह पुग्नेछन् ।
मस्कले त्यसअघि मंगल ग्रहमा इन्धन स्टेसन बनाउनुपर्ने बताए । त्यहाँ रकेट पुग्दा इन्धन घटेमा मंगलबाटै इन्धन भरेर मानिसलाई पृथ्वी ल्याउन सकिने उनको कथन छ ।
मस्कले मंगल ग्रह जान कति पैसा लाग्छ भनी खुलाएका छैनन् । तर यात्रीसँग पैसा नभएमा लोन दिने चाहिँ उनले बताए ।
अनि मंगल ग्रहमा इन्धन स्टेसन बनाएपछि मानिसहरूलाई रोजगारी दिन सकिने मस्कले बताए ।
स्टारशिप रकेटलाई पुनः उपयोग गर्न मिल्ने र अन्तरिक्ष यात्राबाट फर्केपछि त्यसलाई मर्मत गरेर चलाउन सकिने उनले बताए ।
एजेन्सी