०१ साउन २०८३, शुक्रबार

कोरोनाभाइरसका कारण चीनमा १७ जनाको मृत्यु

कोरोनाभाइरसका कारण चीनमा १७ जनाको मृत्यु

कोरोनाभाइरसका कारण चीनमा अहिले त्रासको स्थिति छ । चीनले वुहान शहरबाट बाहिर जाने उडान र ट्रेनमा रोक लगाएको छ । अनि मानिसहरूलाई जरूरी नपरेसम्म शहर नछोड्न पनि निर्देशन दिइएको छ । 

कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । बुधवारसम्म यसबाट ५४३ जना संक्रमित भइसकेका छन् । 

अमेरिकामा समेत कोरोनाभाइरसको एक केस सार्वजनिक भएको छ । अमेरिका, हङकङ, मकाउ र मेक्सिकोमा पनि यस घातक निमोनियाको केस आएको छ । 

चिनियाँ अधिकारीहरूले बिरामीहरूलाई छुट्टीको समयमा संक्रमण अझै फैलिन सक्ने किनकि त्यसबेलामा मानिसहरू देशभित्र र बाहिर यात्रा गर्न सक्ने चेतावनी दिएका छन् । बिरामीको केन्द्रविन्दुका रूपमा रहेको वुहान शहरका मानिसलाई अर्को ठाउँमा नजान भनिएको छ । 

कोरोनाभाइरसले सामान्य रुघाखोकीदेखि श्वासप्रश्वास अवरोधसम्मको रोग निम्त्याउन सक्छ । यसको सामान्य लक्षणमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने, निमोनिया हुनेदेखि लिएर फोक्सोमा समस्या आउनेसम्म हुन्छ । 

कोरोनाभाइरस फैलिएपछि त्यसलाई नियन्त्रण गर्न चीन सरकार र स्थानीय विभागहरूले सक्रिय रूपमा कदम उठाउन थालेका छन् । 

सोमवारदेखि देशभरि कोरोनाभाइरस संक्रमित निमोनियाको दैनिक रिपोर्ट पेश गर्ने व्यवस्था चीनमा गरिएको छ । मंगलवारदेखि दिनदिनै देशभरिका प्रान्तमा रोगका आँकडा सार्वजनिक गर्न शुरू गरिएको छ । 

चीनको स्वास्थ्य समितिले देशको क्वाङतोङ, पेचिङ र शांघाई लगायतका स्थानमा व्यापक रूपमा रोकथाम र नियन्त्रण कार्य व्यवस्थाका लागि प्रक्रिया शुरू गरेको छ । रोगको सूचना सार्वजनिक गर्ने र ठाउँठाउँमा क्लिनिक खोल्ने व्यवस्था गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्