
गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएकोे जिल्ला अदालतका वैतानिक वकिल विष्णुप्रसाद अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
‘हिजो (बुधवार) जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको थियो । त्यसपछि पक्राउ पूर्जी जारी गरिएको हो,’ उनले भने ।