०५ साउन २०८३, मंगलबार

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराबाट सांसद मनाङ्गेलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

गुरुङले बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । पक्राउ पर्नुअघि मनाङ्गेले बिहीवार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका थिए । 

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित सांसद मनाङ्गे केही महिनापछि नेकपामा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्