२४ जेठ २०८३, आइतबार

एटीएम सुरक्षाका लागि आयो सुरक्षित प्रविधि, अब ह्याकरको नो टेन्सन !

कात्तिक २०, २०७४
एटीएम सुरक्षाका लागि आयो सुरक्षित प्रविधि, अब ह्याकरको नो टेन्सन !
काठमाडौँ, ६ पुस– बैंक तथा वित्तीय संस्थाहरुद्वारा जारी हुने सबै प्रकारको भिषा कार्डहरुलाई (इएमभी चिप) मा आधारित भई जारी गर्न नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) ले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेप्सले यस कम्पनीसँग आवद्ध सहभागी बैक तथा वित्तीय संस्थाहरुले आप्mनो कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिषा चिप कार्ड जारी गर्न सक्ने जनाएको हो । इएमभी चिपमा आधारित कार्डहरुमा डाटा नक्कल एवम् चोरी गर्न नमिल्ने भएकोले यस किसिमको कार्डलाई सुरक्षित र भरपर्दो हुने नेप्सको दाबी छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुद्वारा म्याग्नेटिक स्ट्रीप कार्ड (एमएससी) प्रयोग गरेका कारण बिगतका दिनहरुमा भोग्दै आएका चोरी एवम् छलिका घट्नाहरुलाई निरुत्साहित गर्न तथा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भए अनुसार एमएसी कार्डलाई विस्थापित गरी इएमभी चिप कार्डको अनिवार्यतालाई दृष्टिगत गरी यो प्रविधि ल्याइएको नेप्सका फाइनान्स एवम् एडमिन म्यानेजर मानबहादुर खत्रीले बताए ।

हाल यो कम्पनीले सनराईज बैंक लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, बैंक अफ काठमाण्डौँ लुम्बिनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड गरी जम्मा ९ वटा बैंकहरुलाई भिषा कार्ड सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्