अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार रमाइलो ट्वीट गरेका छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामाले दूरबीन लिएर ट्रम्प टावर चढिरहेको अनि आफू चाहिँ भित्तामा अडेस लगाएर उभिएको तस्वीर उनले ट्वीट गरेका हुन् । यो फोटोशप गरिएको तस्वीर हो ।
ट्रम्पले कुनै पनि टेक्स्ट नलेखिकन तस्वीर ट्वीट गरेका हुन् ।
— Donald J. Trump (@realDonaldTrump) January 24, 2020
फरेन इन्टेलिजेन्स सर्भेलान्स कोर्ट (विदेशी जासूसी निगरानी अदालत) ले एक गोप्य आदेशमा कार्टर पेजविरुद्ध जारी गरिएका कम्तीमा दुईवटा वारेन्टहरू वैध नरहेको स्वीकार गरेपछि त्यसको प्रतिक्रियास्वरूप ट्रम्पको ट्वीट आएको हुन सक्छ ।
कार्टर पेज ट्रम्पका सल्लाहकार रहिसकेका व्यक्ति हुन् ।
पेजमाथि सन् २०१७ को अप्रिल ७ र जुन २९ मा जारी गरिएका वारेन्टहरू वैध नरहेको भनी अदालतका जेम्स बोआसबर्गले दिएको आदेश बिहीवार मात्र सार्वजनिक गरिएको हो ।
ओबामाको प्रभाव रहेको एफबीआईले ट्रम्पको सूचना हत्याउन पेजमाथि जासूसी गरेको भन्ने सोच ट्रम्पमा परेकाले ओबामाले आफूलाई दूरबीनबाट चिहाएर हेरेको देखाएका हुन सक्छन् ।
अदालतको वारेन्ट पाएपछि एफबीआईले निजी व्यक्तिहरूमाथि जासूसी गर्न पाउँछ ।
एजेन्सी